नियम ६५
मालसामानको लागत अनुमान
(१) मालसामानको लागत अनुमान तयार गर्दा नियम
६३ र सम्बन्धित मालसामानको स्पेसिफिकेशनको अधीनमा रही देहायको कुनै वा सबै
आधार बमोजिम तयार गर्न सक्नेछ ः–
(क) सम्बन्धित स्थानीय निकाय वा त्यस्तो स्थानीय निकाय रहेको जिल्लाको
अन्य सार्वजनिक निकायले चालू वा अघिल्ला वर्षहरुमा सोही प्रकृतिको
खरिद गर्दा लागेको वास्तविक लागत,
(ख) स्थानीय बजारमा प्रचलित दरभाउ,
(ग) अन्य बजारको प्रचलित दरभाउ र मालसामान आपूर्ति गर्ने स्थानसम्म
लाग्ने अनुमानित ढुवानी खर्च,
(घ) उद्योग वाणिज्य संघले जारी गरेको दररेट ।